सिन्धुपाल्चाेकमा जन्ती बाेकेकाे बस दुर्घटना: चालककाे मृत्यु, आठ जना गम्भीर घाइते

सिन्धुपाल्चाेकमा जन्ती बाेकेकाे बस दुर्घटना: चालककाे मृत्यु, आठ जना गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ।

जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको  प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ। 

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ। घाइतेको सनाखत हुन बाँकी छ।

बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे।

Logo