नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेद्वारी फिर्ताको समय एक घन्टा बढाइएको छ। यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको थियो।
अब साढे १२ बजेसम्म उम्मेद्वारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।
उम्मेद्वारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ।































प्रतिक्रिया