प्रकाशमान सिंह र आरजु देउवाबीच जम्काभेट, आफैंलाई मागे भोट

प्रकाशमान सिंह र आरजु देउवाबीच जम्काभेट, आफैंलाई मागे भोट

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेद्वारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ। उम्मेद्वार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नु पर्ने भएको छ।

यसैक्रममा कांग्रेस सभापतिका उम्मेद्वार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले एकले अर्कोसँग मत मागेका छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको हो। दुवै उम्मेद्वार हुन्। सिंह सभापतिका प्रत्यासी र आरजु केन्द्रीय सदस्यकी उम्मेद्वार हुन्।

Skip This
Skip This
Logo