नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेद्वार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमै जित हासिल गर्ने बताएका छन्।
महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेद्वारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्मेद्वार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन्।
उनले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी निमार्ण गर्न आफ्नो टिम सक्षम रहेको दाबी गरे।
कांग्रेसमा आवश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन्। उनले ऊर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न कार्यकर्तालाई आग्रहसमेत गरे।































प्रतिक्रिया