नेपाली कांग्रेस नेता कृष्ण सिटौलाले आगामी निर्वाचनसम्म शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार रहनुपर्ने बताएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका देउवा पक्षीय प्रतिनिधि र नेताहरूलाई आइतबार सम्बोधन गर्दै उनले देउवा नेतृत्वको सरकार आगामी निर्वाचनसम्म रहनुपर्ने बताएका हुन् ।
वर्तमान सरकारले गराउने निर्वाचनले सहि परिणाम ल्याउने भन्दै उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष धाँधलीसहित, त्राससहित जनताले आफ्नो मत अभिव्यक्त गर्ने सिलसिलामा परिणाम सही किसिमले आउँछ भन्ने मलाई विश्वास छ ।’
वामपन्थी नेतृत्वको सरकारले गराएको निर्वाचनको परिणाम भोगिसकेको भन्दै सिटौलाले भने, ‘एक पटक मात्र वामपन्थी गृहमन्त्री बन्दा २०५४ सालको निर्वाचनमा हामी के भोग्नुपर्यो ? साँच्चै कम्युनिस्ट पार्टीको नेता प्रधानमन्त्री भएको बेला यो देशको निर्वाचन कस्तो होला ? जसरी ओलीजीले संसद्, अदालत, राज्यका अङ्ग, प्रहरी प्रशासन आफ्नो सेवक बनाउनुभयो त्यो हिसाबले निर्वाचन कब्जा हुन्थ्यो । त्यसकारण यो सरकार निर्वाचनसम्म रहनुपर्छ ।’





























प्रतिक्रिया