देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ: शेखर कोइराला

देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ: शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन्। 

आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेद्वार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताए। 

'उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ' उनले भने। उनले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने र निर्वाचनमा होमिने बताए। 

'सरकारलाई अझ मजबुद बनाउने प्रयास हाम्रो नेतृत्वले गर्ने छ' कोइरालाले भने। 

आफूहरु पार्टीका अनुभवी नेता देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला लगायतको अनुभवलाई लिएर अगाडि बढ्ने बताए। महाधिवेशनपछि आफूहरु निर्वाचनमा केन्द्रीत हुने उनले बताए। 

Skip This
Skip This
Logo