भोलिबाट संसद अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने

भोलिबाट संसद अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदैछ। १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्। 

मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् । 

संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसद आवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संसदका सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ।

Logo