कांग्रेस महाधिवेशन स्थलमा ‘क्यामेरा डाउन’ गर्दै फोटो पत्रकारले गरे विरोध

कांग्रेस महाधिवेशन स्थलमा ‘क्यामेरा डाउन’ गर्दै फोटो पत्रकारले गरे विरोध

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् । 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् । 

देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको छ । फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका छन् । 

विहान ८ः०० बजेदेखि मतदान शुरु गर्ने भनिएता पनि ११ः३० बजेदेखि पदाधिकारीहरुकाे लागि विभिन्न पदमा मतदान भइरहेकाे छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ । 

Skip This
Skip This
Logo