नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदानमा मतपत्र नै सकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको छ।
राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको हो । मतदान रोकिएपछि प्रतिनिधिहरूले हो–हल्ला गरेका छन् ।
निर्धारित समय ८ः०० बजे भन्दा ढिला गरी ११ः३०मा सुरु भएको मतदानमा दिउँसो साढे ३ बजेसम्ममा १ हजार ४५० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति स्रोतले दिएको जानकारीअनुसार मतपत्र सकिएर रोकिएको मतदान १० मिनेट रोकिएको थियो । निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिलेसम्म १५ सय बढी मत खसेको छ ।





























प्रतिक्रिया