कांग्रेस महाधिवेशनः मतदानको समय थपियो

कांग्रेस महाधिवेशनः मतदानको समय थपियो

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । राति ९ बजेसम्म मतदान गर्न सक्ने गरी समय थपिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, सोमबार बिहान २ घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको थियो । 
सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । ४७ सयबढी मतदाता रहेकाले मतदानको समय थपिएको हो । 

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

Skip This
Skip This
Logo