कमल थापालाई पूर्वराजाकै त्रास

कमल थापालाई पूर्वराजाकै त्रास

केन्द्रबिन्दु
0
Shares

राप्रपा पूर्वअध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको रिमोर्ट कन्ट्रोलबाट बचाउने सुनिश्चित गर्न नेतृत्वसँग माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर उनले निर्मल निवासको रिमोट कन्ट्रोलबाट बचाउने र भएको हस्तक्षेप र छानबिन गर्न समिति बनाउन पनि माग गरेका छन् । 

‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाकाबारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस सुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ,’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तो छ बिज्ञप्ती

Logo