नेपालीको कांग्रेसको सभापतिकाे मतगणना सुरु भएको छ। १४औं महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना बिहान साढे चार बजेबाट सुरु भएको थियो।
प्रारम्भिक मतपरिणाममा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।
२५० मत गनिसक्दा देउवाले १३२ मत प्राप्त गरेका छन् । त्यसैगरी शेखर कोइरालाले ८१ मत, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ। सभापति हुन खसेको मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ४७४३ प्रतिनिधि रहेको कांग्रेसमा चार हजार ६८० मत खसेको थियो।





























प्रतिक्रिया