नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको मतदानमा चार हजार ६७९ मत खसेको छ।
कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राति १२ बजेसम्म चलेको मतदानमा कांग्रेसका चार हजार ७४३ प्रतिनिधिमध्ये चार हजार ६७९ ले मतदान गरेका हुन् ।
मतदानमा ६४ जना अनुपस्थित भए।
नेपाली कांग्रेसको विधानअनुसार सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। कुल खसेको मत चार हजार ६७९ मा सभापति बन्न २ हजार ३४० मत आवश्यक छ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएकाे छ।
महाधिवेशनअन्तर्गत भृकुटीमण्डपका दुई स्थान र सभागृहमा गरी तीन ठाउँबाट मतदान भएको थियो।
२७७७ मत गणना हुँदा देउवाले १३१८ मत ल्याए
नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ।
सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्याइरहेका हुन्।
निर्वाचन समितिका अनुसार हालसम्म २ हजार ७ सय ७७ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ३१८ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार २३ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ५, विमलेन्द्र निधिले १ सय ६६ र कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन्।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।































प्रतिक्रिया