कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाकाे अग्रता कायमै छ।
अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन्।
त्यस्तै शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन्। विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र छ।
पहिलो राउण्डमा सभापति जित्न २३४० मत आवश्यक
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको मतदानमा चार हजार ६७९ मत खसेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राति १२ बजेसम्म चलेको मतदानमा कांग्रेसका चार हजार ७४३ प्रतिनिधिमध्ये चार हजार ६७९ ले मतदान गरेका हुन् । मतदानमा ६४ जना अनुपस्थित भए ।
नेपाली कांग्रेसको विधानअनुसार सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। कुल खसेको मत चार हजार ६७९ मा सभापति बन्न २ हजार ३४० मत आवश्यक छ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएकाे छ।
महाधिवेशनअन्तर्गत भृकुटीमण्डपका दुई स्थान र सभागृहमा गरी तीन ठाउँबाट मतदान भएको थियो।





























प्रतिक्रिया