जुम्लामा आठ दिनदेखि अनसनरत डा.केसीलाई काठमाडौं ल्याइयो

जुम्लामा आठ दिनदेखि अनसनरत डा.केसीलाई काठमाडौं ल्याइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई सोमबार समिट एयरबाट जुम्लादेखि काठमाडौं ल्याइइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए । “डा.केसी आफैं काठमाडौँ जान मञ्जुर भएपछि हामीले पठाएका हौँ”, उनले भने, “उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाएका छौँ ।”

पन्ध्रौं सत्याग्रह जुम्लामा बसेका डा केसीले उन्नाइसौं सत्याग्रह पुनः जुम्लामै बसेका थिए । डा.केसीले भने दुई वर्ष अघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौं जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । काठमाडौं पुगेपछि भने सत्याग्रह जारी राख्ने उनले बताए।

Skip This
Skip This
Logo