माओवादी केन्द्रले लुम्बिनी प्रदेशको पदाधिकारी चयन गर्न सकेन

माओवादी केन्द्रले लुम्बिनी प्रदेशको पदाधिकारी चयन गर्न सकेन

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन पदाधिकारी चयन नगरि सकिएको छ। 

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा मंसिर २५ र २६ गते भएको सम्मेलनले पदाधिकारीमा आकांक्षीहरु धेरै भएपछि चयन गर्न नसकेको हो । पदाधिकारी छनोट गर्न नसकेपछि अब केन्द्रले यसबारे निर्णय गर्ने नेताहरु बताउँछन्। 

एक अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, १ सहसचिव र १ कोषाध्यक्ष गरी ७ जनाको हुने पदाधिकारी सर्वसम्मत चयन गर्न नसकेपछि सम्मेलन समापन गरिएको हो। स्रोतका अनुसार पदाधिकारीको चयन केही दिनपछि बस्ने अर्को बैठकले गर्ने छ। 

सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कार्यसमिति भने सर्वसम्मत चयन गरेको छ। चयन भएका नयाँ कार्यसमितिले सपथग्रहण समेत गरिसकेका छन्।
 

Skip This
Skip This
Logo