शेखर कोइराला ८७८ मतान्तरले पराजित, देउवाले पाए २७३३ मत

शेखर कोइराला ८७८ मतान्तरले पराजित, देउवाले पाए २७३३ मत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भएका छन्।

कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन् । 

त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।

मतपरिणामको औपचारिक घोषणा केहीबेरमा निर्वाचन समितिले गर्नेछ।  

Logo