हिन्द प्रशान्त क्षेत्रमा ‘आक्रामक कारबाही’ रोक्न चीनलाई अमेरिकी विदेशमन्त्रीको अपिल

हिन्द प्रशान्त क्षेत्रमा ‘आक्रामक कारबाही’ रोक्न चीनलाई अमेरिकी विदेशमन्त्रीको अपिल

केन्द्रबिन्दु
0
Shares

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले चीनसँग हिन्द-प्रशान्त क्षेत्रमा 'आक्रामक कारबाही' रोक्न अपिल गरेका छन्। 

अमेरिकी विदेश मन्त्री यस क्षेत्रमा भ्रमणमा रहेका छन् र एक सम्बोधनका क्रममा उनले यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ। 

एन्टनी ब्लिंकनले अमेरिकी प्रभुत्व भएको क्षेत्र या फेरि चीनको प्रभुत्व रहेको क्षेत्रकाबीच कुनै प्रतिस्पर्धाको प्रश्न नभएको बताउँदै  हिन्द-प्रशान्त क्षेत्रमा रहेको बताए।

उनले यस क्षेत्रको शान्ति र विकासका लागि यो आवश्यक भएको बताए । यस क्षेत्रमा चीनको आक्रामक कारबाही चिन्ताको विषय भएको उनको भनाइ थियो । 

उनले पूर्वोत्तर एसियादेखि लिएर दक्षिणपूर्वी एसियासम्म र मेकोंग नदीदेखि लिएर प्राशान्त द्वीपसम्म चीनको आक्रामकताले चिन्ता थपिएको बताए। 

अमेरिका हिन्द प्रशान्त क्षेत्रलाई लिएर चिन्तित रहेको उनको भनाइ थियो। अमेरिकी विदेशमन्त्री यतिबेला इण्डोनेशियाको भ्रमणमा रहेका छन्।एजेन्सी

Skip This
Skip This
Logo