दाेस्राे पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाकाे कार्यकालमा लाेकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्।
पार्टीकाे १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुन: निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएकाे टिप्पणी गरे।
'प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएकाे छ। पार्टी सहमति र सहकार्यमै अगाडि बढछ। उहाँकाे नेतृत्वमा स्थानीय, प्रदेश र संघकाे निर्वाचन हुन्छ। त्यसका लागि तयारी हुनेछ,' उनले भने ।
कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरुमा केही व्यवस्थापकीय कमीकमजोरी रहेकाे स्वीकार गर्दै खाणले त्यस्ता कमीकमजाेरी सुधार गर्दै लगिने बताए।































प्रतिक्रिया