मुख्यमन्त्री राई सरकारी निवासमा

मुख्यमन्त्री राई सरकारी निवासमा

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सरेका छन् । 

यसअघि विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृहमा बस्दै आएका उनि विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सरेका हुन् । 

सो अवसरमा मुख्यमन्त्री राईले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारी व्ययभार कम गर्न आफू सरकारी निवासमा बसोबासको व्यवस्था गरेको बताए । उनले भने, “विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था  मिलाएको छु ।” मुख्यमन्त्री राईले मासिक रु चार लाख भाडा तिर्ने गरी मुख्यमन्त्रीका लागि लिएको काठमाडौँस्थित सम्पर्क कार्यालय बन्द गर्ने पनि बताए ।
    
सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले सतारुढ गठबन्धन दलको महाधिवेशन समाप्त भएकाले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिएका छन्  । मुख्यमन्त्री राईले आवश्यकताका आधारमा नौ देखि ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने जानकारीसमेत दिएका थिए । 
 

Skip This
Skip This
Logo