आइपिएलमा बैंगलोरको विजयी सुरुवात

आइपिएलमा बैंगलोरको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।

दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

बैंगलोरले दिएको १५४ रनको लक्ष्य पछाएको हैदरावाद १९.४ ओभरमा १५३ रन बनाएर अलआउट भएपछि बैंगलोर विजयी भएको हो ।

हैदरावादका लागि जोनी बैरस्ट्रवले सर्बाधिक ६१ रन बनाए भने मनिष पाण्डेले ३४ र प्रियं गर्गले १२ रन बनाए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बैंगलोरका बलर युजवेन्द्र चहलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने शिवम दुवे र नवदीप सैनीले २-२ विकेट लिए । त्यस्तै डेल स्टेनले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।

हैदरावादका बलर टि नटराजन, विजय शंकर र अभिषेक शर्माले एक एक विकेट लिएका थिए । यस खेलको प्लेयर अफ द म्याच ४ ओभरमा १८ रन दिएर ३ विकेट लिएका बैंगलोरका बलर युजवेन्द्र चहल बनेका थिए ।

जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । हैदराबादले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Logo