बलात्कार अभियोगमा ३ जना पक्राउ

बलात्कार अभियोगमा ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोक । २८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका-४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरू महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डललाई प्रहरी पक्राउ गरेकाे हाे ।

उनीहरूले विभिन्न डरत्रास धाकधम्की देखाई धुलिखेलस्थित उनकै डेरा कोठामा पटक पटक बलात्कार गरेको अभियोगमा काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo