कांग्रेस खुला केन्द्रीय सदस्य: ५१ प्रतिशत मतगणनामा एक हजार कटाउने यी २१ जना नेता

कांग्रेस खुला केन्द्रीय सदस्य: ५१ प्रतिशत मतगणनामा एक हजार कटाउने यी २१ जना नेता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा २१ जना नेताले एक हजार मत कटाएका छन् ।

राति ११ बजेसम्म भएको २३९३ मत गणनामा सबैभन्दा बढी मत डा शशांक कोइरालाले १९७१ ल्याएका छन् । दोस्रो स्थानमा रहेका एनपी साउदले १५३८ मत पाएका छन् । तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाणले १५०७ मत पाएका छन् ।  

४६८२ मध्ये बाँकी २२८९ मतको गणना अहिले विहान ९ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ।  ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । अन्तिम परिणामबाट ६४ जना बाहिरिनेछन्।

एक हजार मत कटाउने नेताहरु:

१)  डा शशांक कोइराला :- १९७१

२)    एनपी साउद :- १५३८

३)    बाल कृष्ण खाण :- १५०७

४)    रमेश लेखक :- १४५१

५)    ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

६)    उदय सम्शेर राणा :- १४४५

७)    रामहरी खतिवडा :- १३९५

८)    अर्जुननरसिंह केसी :- १३८३

९)    गोपाल मान श्रेष्ठ :- १३२३

१०)    जिप छिरिङ लामा :- १३१२

११)    जितजंग बस्नेत :- १२८३

१२)    नैन सिंह महर :- १२८२

१३)    डा रामशरण महत :- १२८१

१४)    सुनिल बहादुर थापा :- १२४६

१५)    बल बहादुर केसी :- १२३३

१६)    दिलेन्द्र प्रसाद बडु :- १२३१

१७)    मोहन बहादुर बस्नेत :- १२०२

१८)    दिपक गिरि :- ११७४

१९)    सुरेन्द्र राज पाण्डे :- ११५१

२०)    कुन्दन राज काफ्ले :- ११४३

२१)    सन्जय कुमार गौतम :- १००१

 

Skip This
Skip This
Logo