माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित

माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्दसत्र स्थगित भएको छ। २५ मंसिरमा सम्पन्न भएको प्रदेश अधिवेशनको उद्घाटन सत्र ३ पुसमा सर्लाहीको लालबन्दीमा हुने भनिएको थियो। तर, पार्टीभित्रको विवादका कारण ३ पुसमा पनि हुन सकेन। 

सप्तरीलगायत जिल्लामा अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए।

बन्दसत्रका लागि आवश्यक तयारीसमेत पुरा नभएकाले स्थगित गरिएको उनले बताए। प्रदेश २ को १३६ वटा स्थानीय तह मध्ये अहिले ३० भन्दा बढी स्थानीय तहको अहिलेसम्म पनि अधिवेशन हुन सकेको छैन। सप्तरीका १८ मध्ये १५ वटा स्थानीय तहमा अझै विवाद रहेको छ। त्यसैगरि, सिरहा, महोत्तरी, सर्लाही, धनुषालगायतका जिल्लाका केही पालिकामा पनि विवादका कारण अधिवेशन हुन सकेको छैन।

अध्यक्ष बुढाथोकीले भने, ‘एक सप्ताहको लागि समय दिए पनि प्रदेशका सबै पालिकाहरूबाट अहिलेसम्म प्रतिनिधि विवाद समाधान हुन सकेको छैन। ती विवाद समाधानका लागि एक दिनको समय तोकिएको छ। विवाद समाधान भएपछि आइतबारदेखि बन्दसत्र सुरु हुन्छ।’ 

माओवादीका एक नेताका अनुसार प्रदेशमा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मातृका यादवबीचको मत भिन्नताको कारण प्रदेश अधिवेशनको समय लम्बिँदै गएको छ।

Logo