यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराईका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

आइतबार
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राति : प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

सोमबार
दिउँसो : सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिक रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राति : देशभरि आंशिक खि सामान्य बदली  रहनेछ।  

मंगलबार
दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामन्य बदली रही  बाँकी भू-भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राति: प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामन्य बदली रही  बाँकी भू-भागमा  मौसम आंशिक बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी तथा परामर्श
देशभर  चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुनसमेत सबैमा अनुरोध छ।

Skip This
Skip This
Logo