नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको छ । यद्यपि मतदानको परिणाम आउने क्रम भने जारी छ । महाधिवेशनको पूर्व सन्ध्यामा नेतृत्व परिवर्तनको नारा लगाएर प्रतिनिधिसमक्ष भोटको याचना गर्नेहरूले गरेको युटर्नले नेपाली कांग्रेसकाे सिंगो राजनीतिक जगतमा खलल पुर्याएको छ ।
हुन त राजनीतिमा अन्तिममा मोडमा आएर युर्टन मार्ने कुरा कुनै नौलो कुरा भने बिलकुलै हैन । जनताले चाहेको नेपाली कांग्रेस भित्रको नेतृत्व परिवर्तन हुने आश त कसैमा पनि थिएन । यतिसम्मकी नयाँ नेतृत्को नारा बोकेर बुबाको विरासत जोगाउन लाज पचाएर पदमा पतन हुनेहरूलाई पनि आफै माथि विश्वास थिएन । कुनै मन्त्रालय वा कुनै पद पाउँछु कि अथवा शेरबहादुर देउवाको आर्शिवाद पाइपोहालछु कि भन्ने होडमा होमिएकाहरूले नेतृत्व परिवर्तनको नारा लगाउँदा पत्याएको अभिनय गरेका हामीले आश गर्नु पनि बेकार नै हो ।
प्रकाशमान सिंह नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका सुपुत्र हुन् । बुवा र आमाको राजनीतिक विरासत धान्दै आएका सिंहले १४ औँ महाधिवेशनको पूर्व सन्ध्यामा नेतृत्व परिवर्तन र सुध्रिण कांग्रेसको चर्को नारा लगाउँदै आएका थिए । देउवा नेतृत्व असफल भएका कारण आम निर्वाचनमा कंग्रेसले हारको सामना गर्नुपरेको भन्दै कांग्रेसमा नयाँ नेतृत्व आवश्यक रहेको उनको दाबी रहेको थियो ।
यसरी नेतृत्व परिवर्तक चर्को नारा लगाउँदै आएका सिंहले सभापतिको पहिलो चरणको मतगणना सकिए लगत्तै पत्रकारहरूसँग कुरा गर्दै शेरबहादुर देउवाले उनलाई व्यक्तिगत रूपमा भेटेर सुधारिएर आउने प्रतिबद्धता व्यक्त गरेकाले आफूले देउवालाई नै समर्थन गर्ने बताएका पछि राजनीतिक जगतमा नयाँ तरंग उत्पन्न भएको हो ।
यसरी पार्टीका सभापतिलाई असफल, असक्षम भएको आरोप लगाउँदा आएका सिंहले एकाएक गरेको युटर्नले के संकेत गर्छ ? अझ के पनि सुनिदैछ भने बिहीबार मात्रै रक्षा मन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि खालि भएको रक्षा मन्त्रालय सहित उपप्रधानमन्त्रीको मन्त्र गणेशमान पुत्र प्रकाशमानको कानमा देउवाले फुकिदिएपछि देउवा सुध्रन्छन् भन्ने भ्रम सिंहमा आएको हो भन्ने सुनिन थालेको छ ।
त्यही मन्त्रको जादु यतिसम्म रहेछ की एक दिन अघिसम्म असक्षम भएका देउवालाई सर्वोपरि बनाइदियो । देउवा भन्दा उत्कृष्ट नेतृत्व गर्न सक्ने क्षमता भएका नेताहरूलाई सिंहले देख्न त परको कुरा चिन्ने पनि छाडे ।
हेर्नुहोस् यो भिडियो सामाग्री































प्रतिक्रिया