आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ।
केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेशनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो।
‘आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने २३ पुस भित्र गर्नु पर्ने जिल्ला अधिवेशनका लागि आवश्यक निर्णय लिनेछ,’ केन्द्रीय सदस्य विष्णु रिजालले न्युज कारखानासँग भने, ‘जिल्ला कमिटीहरूले प्रदेशमा बुझाउनु पर्ने आर्थिक दायित्वसहित प्रदेश पदाधिकारीको पदभार ग्रहणसमेत गराउने कार्यक्रम छ।’
एमालेको हालै बसेको दोस्रो केन्द्रीय समिति बैठकले २३ पुसभित्र जिल्ला र ८ माघ भित्र प्रदेश अधिवेशन गर्न निर्देशन दिए अनुसार सुर्खेतमा बैठक बस्न लागेको हो।































प्रतिक्रिया