सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरहाको गोलबजार नगरपालिका–६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

छुरा प्रहारबाट घाइते भएका गोलबजार–६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। 

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुई समूहबीच झडप भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको पनि जनाएको छ। 

Skip This
Skip This
Logo