शताब्दी पुरुष बबरजङ थापा सम्मानित

शताब्दी पुरुष बबरजङ थापा सम्मानित

केन्द्रबिन्दु
0
Shares

सर्लाही  हरिऔनस्थित चर्तुभजेश्वर जनता उच्च माध्यमिक विद्यालय सुखीपोखरीले स्वर्ण माेहत्सवको अवसर पारेर विद्यालयका संस्थापक एवं हरिऔन निर्माता शताब्दी पुरुष बबरजङ थापालाई सम्मान गरेको छ ।

शनिवारको वि‍‌.सं. २०३२ सालको एसएलसी समूह ब्याजले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा त्यस बेलाको विद्यालय गतिविधि समेटेर प्रकाशन गरिएको स्वर्ण वर्ष स्मारिका शताब्दी पुरुष थापाले लोकार्पण गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै शताब्दी पुरुष थापाले समग्र हरिओ क्षेत्रमा शिक्षा, स्वास्थ्य , बजार , धार्मिक मठ मन्दिर तथा सडक विस्तारमा योगदान पुर्याउदै आएका छन् ।

उक्त कार्यक्रममा हरिवन नगरपालिका प्रमुख गणेश प्रसाद प्रसाईँ , पूर्वप्रध्यापक कृष्णप्रसाद भट्टराई , ङमेन्द्र प्रसाद घिमिरे , उमेशलाल दास तथा प्रधानाध्यापक बरालले सम्बोधन गरेका थिए । प्राध्यापक बरालले क्रार्यक्रमलाई सम्बोधन गर्दै गुरु र शिष्यको सम्बन्ध हराउँदै गएको परिपेक्षमा पुराना विद्यार्थीबाट भएका यस्ता कार्यक्रमले उत्प्रेरणा प्रदान गरेको बताए । सम्मान कार्यक्रममा त्यस समयमा विद्यालयलाई योगदान पुर्‍याउने १५ शिक्षक सम्मानित भए ।

सम्मानित भएपछि शिक्षकले पुराना विद्यार्थीले सम्झेर गरेको सम्मानबाट आफूहरू हर्षविभार तथा आनन्दित भएको प्रतिक्रिया दिए । कार्यक्रममा वरिष्ठ कवि दिनेश अधिकारी , होटल तथा पर्यटन प्रवर्द्धन क्रियाशील निरेन श्रेष्ठ , मुलुकको क्षेत्र विकासमा क्रियाशील डा. श्यामप्रसाद भट्टराईको उपस्थिति थियो ।

हरिऔन गाउँपालिकाका तत्कालीन उपप्रमुख कोकिलानन्द उप्रेतीले गुरुलाई सम्मान गर्ने परम्परा समाजमा सदार्सबदा स्थापित होस् भन्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । यस् समूहले यसअघि पूर्वप्रधानाध्यापक भट्टराई र महेन्द्रप्रसादलाई केही समय अधि काठमाडौँमा सम्मान गरेको थियो ।

Logo