नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर एकको संज्ञा दिएका छन् ।
आइतबार राजधानीमा समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आराेप लगाएका हुन् ।
अध्यक्ष नेपालले एमालेमा बसेकाहरू अहिले पछुताइरहेको जिकिर गर्दै भने ‘केपी ओली गुठमा बसेकाहरु अहिले पछुताइरहेका छन् । गिनिज बुकमा नाम लेख्ने हो भने गफाडी नम्बर एक केपी ओली हुन् । पानीजहाज देखी पाइपबाट ग्यास ल्याउनेसम्मका गफ लगाउँछन् । धन्न एमालेका अध्यक्ष भएछन् र प्रधानमन्त्री हुन पाए ।’
उक्त कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रमा आबद्ध व्यक्तिहरूले नेकपा (एकीकृत समाजवादी) सँग आबद्ध भएर ५१ सदस्यीय समाजवादी शैक्षिक परामर्श मञ्च गठन गरेका हुन् । मञ्चकाे अध्यक्षमा प्रकाश पाण्डे रहेका छन् ।
त्यसैगरी उद्योग व्यवसायी महासंघको इलाका स्तिरक कमिटीको अध्यक्षको जिम्मेवारी नारायण देवकोटाले पाएका छन् ।































प्रतिक्रिया