बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाइएको सर्वदलीय बैठकमा सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ। संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको थियो तर नेकपा एमाले भने बैठकमा अनुपस्थित रहेको छ ।

शुक्रवार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो। बालुवाटारमा भएको भेटवार्तामा संसद्मा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएको बुझिएको छ।

Skip This
Skip This
Logo