बैतडीमा डेउडा गायक जोशीमाथि निर्घात कुटपिट

बैतडीमा डेउडा गायक जोशीमाथि निर्घात कुटपिट

केन्द्रबिन्दु
0
Shares

डेउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तड घर भएका जोशीमाथि शनिबार राति कुटपिट भएको हो। आफूलाई दार्चुलाको शैल्यसिखर नगरपालिका-९ स्थित गोकुलेश्वर बजारका व्यापारी रुपेश साउदले कुटपिट गरेर घाइते बनाएको जोशीले बताए।

उनले भने,‘हामी दिनभरी भिडियो छायांकनमा थियौं। साँझ म एक्लै होटलमा पुग्दा उनीहरूको ग्रुप आयो । मलाई गालिगलौज गर्न थाले । मैले बोल्न खोज्दा कोठाभित्र लगेर कुटपिट गरे। मलाई मार्ने योजना रहेछ। भागेर बल्ल ज्यान जोगाउन सफल भएँ।’ कुटपिट गर्ने व्यक्ति दुई जना रहेको र आफू एक्लै भएको घाइते जोशीले बताए। आफूलाई मदिरा सेवन गरेर कुटपिट गरेको जोशीको भनाइ छ।

कुपिटबाट घाइते भएका जोशीलाई माया मेट्रो अस्पतालले रिफर गरेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइहेको छ। 

कुटपिटबाट जोशीको छाती, आँखा, नाकलगायत ठाउँमा गम्भीर चोट लागेको छ। अहिले आफ्नो अवस्था सुधारोन्मुख रहेको जोशीले बताए। घटना महेन्द्रनगरस्थित चौलानी होटलमा शनिबार राति ८ बजे भएको हो। 

घटनाको विषयमा अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न एक जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

Skip This
Skip This
Logo