नेपाली कांग्रेसको खुल्ला ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार देखिएको छ।
अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहारले केन्द्रीय सदस्यमा प्रतिनिधित्व जनाउने देखिएको हो।
मतपरिणाम सार्वजनिक भइसकेको ३५ जनाको लिस्टभित्र उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, अजयबाबु सिवाकोटी, मोहन आचार्य, गणेश लामा, उमेशजंग रायमाझी र कृष्णकिशोर घिमिरे अटाएका छन्।
साथै टप ४० भित्र रहेर ३५ जनाको लिस्ट उक्लिने गरी मनोजमणि आचार्य, वीरेन्द्रकुमार कनौडिया, केदार कार्की, मंगलप्रसाद थारू र यज्ञबहादुर थापाले पछ्याइरहेका छन्।
उनीहरू पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन्। यसअघिका महाधिवेशनमा सदस्यमा पराजित भएका केही नेताहरूले यसपटक केन्द्रीय सदस्यमा स्थान सुरक्षित गर्ने सम्भावना बढेको हो।





























प्रतिक्रिया