पत्रकारिताबाट राजनीतिमा हामफालेका अजयबाबुलाई पहिलो प्रयासमै सफलता, बने केन्द्रीय सदस्य

पत्रकारिताबाट राजनीतिमा हामफालेका अजयबाबुलाई पहिलो प्रयासमै सफलता, बने केन्द्रीय सदस्य

केन्द्रबिन्दु
0
Shares

पत्रकार अजयबाबु सिवाकोटी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सम्पन्न ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणनामा ६४ जनालाई उछिन्दै सिवाकोटी विजयी भएका हुन् । १८११ मत पाएका सिवाकोटी २९औं स्थानमा विजयी भए। 

कांग्रेसको १४औं महाधिवेशनमा पत्रकारिताबाट सक्रिय राजनीतिमा हामफालेका पत्रकार सिवाकोटीले पहिलो प्रयासमै सफलता हात पारेका हुन्। दोलखाबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका सिवाकोटीले उम्मेदवार बन्दै गर्दा सक्रिय पत्रकारिताबाट विश्राम लिइसकेका छन्।

कांग्रेसमा गगन थापा निकट मानिने सिवाकोटी यसअघि प्रेस युनियनको महासचिव थिए। सिवाकोटीले कांग्रेसले आर्थिक विकासको एजेण्डा बोकेर देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै आएका छन् । यसका लागि युवाले अग्रसरता लिनुपर्ने उनको धारणा रहँदै आएको छ।

Logo