खुल्ला महिलातर्फको मतगणना: १६०० मत गन्दा डिला संग्रौला अगाडि, आरजु तेस्रो स्थानमा

खुल्ला महिलातर्फको मतगणना: १६०० मत गन्दा डिला संग्रौला अगाडि, आरजु तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको खुल्लातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ। आइतबार रातिदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गन्न थालिएको हो।

खुल्लातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा.डिला संग्रौला छिन्। १६ सय मत गन्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा तेस्रो नम्बरमा छिन् ।

संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले ९७०, आरजुले ९०१, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपाने ७८६ र छैंटौं स्थानमा रहेकी सरिता प्रसाईंले ७६८ मत पाएका छन्।

Skip This
Skip This
Logo