‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफ फुटबल टोलीले पहिलो जित निकालेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले अर्काे रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित निकालेको हो। 

पाँचौं खेलमा आएर पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई तथा विकी तामाङले एक गोल गरे । फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काए। 

खेलको ३० औं मिनेटमा एपीएफले अग्रता बनायो। बक्स अगाडिबाट बिकीले गोल गरे। त्यसको दुई मिनेटमै आशिषले अग्रता दोब्बर बनाए। उनले बक्स भित्रबाट सहजै बललाई जाली चुमाए। 

खेलको ५६ औँ मिनेटमा आशिषले एपीएफलाई ३-० को अवस्थामा पुर्‍याए। काउण्टरमा बल पाएका आशिषले पेनाल्टी एरियाबाट व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे। 

खेलको ६८औं मिनेटमा प्रिजेन तामाङले पाएको पेनाल्टी सदुपयोग गर्दै एपीएफको अग्रता ३-१ को अवस्थामा झारे। 

जितपछि ४ अंक बनाएको एपीएफ गोल अन्तरका आधारमा ११ औं स्थानमा छ। पराजित फ्रेण्ड्स २ अंकसहित पुछारमा छ। 

योसँगै पाँचौं चरणको खेल सकिएको छ। २ अंकको अग्रता बनाउँदै मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ पहिलो स्थानमा छ। 

Skip This
Skip This
Logo