दिपेन्द्र श्रेष्ठको अभिनयमा ‘भयो हाम्रो भेट’ सार्वजनिक (भिडियोसहित)

दिपेन्द्र श्रेष्ठको अभिनयमा ‘भयो हाम्रो भेट’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

लोकदोहोरी गीत बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतीमा आधारित लोकदोहोरी गीत ‘भयो हाम्रो भेट’ बजारमा आएको छ। मिलन फिल्मस् युटुब च्यानलबाट गीत सार्वजानिक भएको हो ।

गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाजमा गीत बजारमा आएको छ । यसमा रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु विरही सापकोटाले गरेका छन् । काठमाडौं विभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् ।

‘भयो हाम्रो भेट’ बोलको गीतलाई रोशन धितालले सम्पादन गरेका छन् भने गीतको भिडियोमा अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।

Logo