शेयर बजारमा हरियाली, ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से

शेयर बजारमा हरियाली, ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। आज नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ४१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। 

२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कारोबार गर्नेमा  हिमालयन डिष्ट्रिलरी छ। याे कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ।   

सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन्। नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। 

ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ। 

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। यस कम्पनीको शेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ।

Skip This
Skip This
Logo