उपत्यकामा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु

उपत्यकामा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु

केन्द्रबिन्दु
0
Shares

सरकारले उपत्यकामा बुधबारबाट १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ। सरकारले कोभिड खोप अभियान ४ पुसदेखि सुरु गरेको हो।

यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको दोस्रो मात्राको अभियान २ देखि १२ माघसम्म चल्नेछ। सरकारले यस खोपलाई पूर्णरूपमा सुरक्षित भएको बताउँदै खोपलाई निर्धक्क भएर लगाउन बालबालिकालाई प्रेरित गर्न सबैलाई आग्रह गरेको छ। 

स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशन गरी १२ देखि १७ वर्षका बालबालिकाले आफू अध्ययन गर्ने वा आफू नजिकको विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ। 

Skip This
Skip This
Logo