काठमाडौं उपत्यकामा आज १५१ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १५१ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १५१ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा १०६, भक्तपुरमा १० र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्। 

गत २४ घण्टाभित्र नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ६० जनाको पिसिआर परीक्षण र 
 ३ हजार ८३८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार ९०१ र एन्टिजेन परीक्षणबाट ९६ हजार ११५ रहेकाे छ । 

निकाे हुनेकाे संख्या ३४९ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १० हजार २७१ पुगेकाे छ।

संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८२ रहेकाे छ।

नेपालमा हाल ५ हजार ४८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख २९ हजार ३७१ खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo