फरवार्ड माइक्रोफाइनान्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ। माइक्रोफाइनान्सले सेयरधनीलाई वितरण गर्ने ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न फरवार्डले बिहान ११ बजे होटल न्यू इरा, बुटवल रुपन्देहीमा ११ औं वार्षिक साधारणसभा आह्वान गरेको हो।
सभामा गत वर्षको नाफाबाट ३५ प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सभामार्फत संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुईजना सञ्चालकको निर्वाचन हुनेछ।
साधारणसभा प्रयोजनका लागि १६ पुसदेखि बुक क्लोज गर्ने भएको छ। यसअनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।































प्रतिक्रिया