म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध आधा दर्जन गोल गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
घरेलु मैदान इतिहादमा भएको खेलमा लेस्टरलाई ६-३ ले पराजित गरेकाे हाे। सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्याे। दोस्रो हाफमा ५ गोल भए। सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल गर्याे।
सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे। यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे। लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे।
जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। सिटीको १९ खेलबाट ४७ अंक छ। एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ। १९ खेल खेलेको चेल्सी ४१ अंकसहित तेस्रो स्थानमा छ।





























प्रतिक्रिया