नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने

नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ। बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ। 

बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लागि अर्को कोशेढुंगा हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्तीसँग सहकार्य गरिएको जानकारी दिए। 

खल्तीमा हाल २० लाखभन्दा बढी ग्राहक छन्। उक्त वालेटमार्फत बिल भुक्तानी, मोबाइल तथा टिभी रिचार्ज, बीमा प्रिमियम भुक्तानी, अनलाइन सपिङलगायतका सेवा लिन सकिने कम्पनीले जनाएको छ। यसमार्फत कारोबार गर्दा क्यासव्याक तथा छुट जस्ता आकर्षक सुविधासमेत रहेको कम्पनीले जनाएको छ। 

Skip This
Skip This
Logo