कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ।

कुवेतसमेत प्रतियोगितामा जितविहीन छ। कुवेत पनि सान्त्वना जित निकाल्ने दाउमा छ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ।

Skip This
Skip This
Logo