काेराेना अपडेटः २६४ जनामा संक्रमण पुष्टि, निकाे हुने कति?

काेराेना अपडेटः २६४ जनामा संक्रमण पुष्टि, निकाे हुने कति?

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ५३६ जनाको पिसिआर परीक्षण र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार ७६३ र एन्टिजेन परीक्षणबाट ९६ हजार १७४ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २६० जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ११ हजार २६५ पुगेकाे छ।

संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८८ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९१० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ८३ हजार २६५ खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo