काठमाडाैं ।
नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतमलाई पितृशोक परेको छ । गौतमका पिता ६२ वर्षीय शिवकुमार गौतमको आईतबार आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निधन भएको हो ।
लामो समयदेखि दम रोगको पीडित गौतमलाई थप समस्या भए पछि उपचारको लागि सामुदायिक मिशन अस्पताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्यमा केही सुधार आएपछि घर लगिएको थियाे ।
परिवारले जनाए अनुसार अस्पतालबाट घर फर्काइएकाे २० दिनपछि उनकाे निधन भएकाे हाे ।





























प्रतिक्रिया