शेयर बजारः पाँच दशमलव ५१ अङ्कले बढ्याे नेप्से

शेयर बजारः पाँच दशमलव ५१ अङ्कले बढ्याे नेप्से

केन्द्रबिन्दु
0
Shares

शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य बढेको छ। नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेकाे हाे। आज दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ। 

आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ। 

यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ। सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र नेपाल बङ्गलादेश बैंकको शेयर नौ प्रतिशतले बढेको छ। यता नारायणी विकास बैंकको शेयर भने झन्डै साढे तीन प्रतिशतले घटेको छ। 

Skip This
Skip This
Logo