चीनकाे चेतावनी, ‘ताइवानले स्वतन्त्रताको कुरा उठाए कठोर कदम चाल्छौं’

चीनकाे चेतावनी, ‘ताइवानले स्वतन्त्रताको कुरा उठाए कठोर कदम चाल्छौं’

केन्द्रबिन्दु
0
Shares

ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ। ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यालयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए । उनले स्वतन्त्रताको कुरा उठाउँदै ताइवानले सीमा रेखा मिचेमा चीनले उचित जवाफ दिने चेतावनी दिए ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सिएओगुआंगले भने, ‘ताइवानमा स्वतन्त्रताको माग गर्दै कुनै बिखन्डनकारी फौजले सीमा रेखा मिचेमा हामीले कठोर कदम चाल्नेछौं।’

त्यसअघि ताइवाानको मुख्यभूमि मामिलासम्बन्धी परिषद्ले एउटा विज्ञप्ति जारी गरेर बेइजिङलाई ताइवानतर्फ गम्भीर ढंगले सोच्न आग्रह गरेको थियो। 

चीनले ताइवानलाई आफ्नो भूभाग बताउँदै आएको छ भने ताइवानले पनि आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्दै आएको छ। पछिल्लो दुई वर्षमा चीनले ताइवानको भूभागमा सैन्य तथा कूटनीतिक दबाब दिँदै आएको छ। 

ताइवानमाथिको चिनियाँ दबाबका कारण अमेरिकासमेत विवादमा तानिएको छ। ताइवानमाथि चीनको हस्तक्षेप भए अमेरिका टुलुटुलु हेरेर बस्न नसक्ने वासिंगटनले बेइजिङलाई चेतावनी दिँदै आएको छ।एजेन्सी

Skip This
Skip This
Logo