प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि बागमतीलाई

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि बागमतीलाई

केन्द्रबिन्दु
0
Shares

आयोजक बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ। बागमती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोस्रो भयो। तेस्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मीले ५ स्वर्ण, २ रजत र ७ कांस्य हात पार्‍यो।

प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बागमतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बाग्मती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 

दुई दिने प्रतियोगितामा ११ टिमका  ३० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

Logo