संघीय संसद राष्ट्रिय सभाको बैठक पुस २५ मा बस्ने भएको छ। संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार सूचना निकाली पुस २५ दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन्।
यसअघि ५ पुसमा बसेको बैठकले अर्को बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन्।
संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ। जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन।





























प्रतिक्रिया